सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका  प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् ।  ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्दछ भने । मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताए ।

उनले पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरूपको कार्यमा सहकार्य र समन्वयको आवश्यकतामा जोड दिए। उनले भने,’अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत-साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।’

कार्यक्रममा पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्य पोखराको पहिचान र सुन्दरता भनेको तालतलैया रहेको र यसको संरक्षण र सम्बद्धनका लागि महानगरबाट नीतिगत पहलसँगै योजना तय भएको बताए। उनले पोखराका आठ ताल जोड्ने, साइकल ट्रेल, फुट ट्रेल, वाटर स्पोटसलगायतका कार्ययोजना रहेको सुनाए ।

उनले एसियाली विकास बैंकसँग पोखराको वृहत्तर विकासका लागि बृहत्तर परियोजनाका कार्य सम्झौता भएको जानकारी दिए । तालप्राधिकरणका उपाध्यक्ष नवराज ओझाले प्राकृति सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने बताए । उनले विकासका नाममा भएका विनाशले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेका तालतलैया सिमसार पुरिँदै मासिँदै गएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ भने । 

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले पोखरा उपत्यकाको नौ तालहरूको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गदै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्य रहेको बताए ।

वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यूले ताल व्यवस्थापन सुधार गर्न आवश्यक कदम पहिचान गर्ने र आवश्यकता सम्बोधन गर्न अनुसन्धान र सहकार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बुधबारबाट सुरु भएको सम्मेलनमा पहिलो दिन काठमाडौँ विश्वविद्यालयका डा रामदेवी तचामो, लिवर्डका डा बलराम थापालगायतका विषयगत विज्ञको प्रस्तुति रहेको थियो । 

झण्डै १२  विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका विषयविज्ञको प्रस्तुति रहने र तालहरूको भ्रमणसहित सरोकारवालासँग अन्तक्रिया गरेर सम्मेलन सकिने संयोजक डा देवकोटाले जानकारी दिए। उनका अनुसार सम्मेलनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँं विश्व विद्यालयको पनि साझेदारी रहेको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ०२ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका