कामना सेवा बैंक र मनकामना अस्पतालबीच सम्झौता « Khabarhub

कामना सेवा बैंक र मनकामना अस्पतालबीच सम्झौता


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भरतपुर–  कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुर महानगरपालिकाको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी.स्क्यान, आई.सी.यु, लगायत एन.आई.सी.यु, एच.डी.यु/नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा बैंकका कर्मचारीहरूले २०% सम्मको र बैंकका ग्राहकहरूले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ३४ बजे

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत