गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सुरु « Khabarhub

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सुरु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी भएका छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडौँ जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो  भएको बताए ।

साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताइन् । सहज उपचारपछि उनी राहात मिलेको अनुभूति भएको बताउँछिन् । उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् । हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए ।

उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताएका छन् । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो’ उनले भने, गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।’ नगरपालिकाले गुल्मी अस्पताललाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै