बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै « Khabarhub

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्दै


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए । उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

उनीहरु सबैमा रोगको लक्षण देखिएको छ । अस्पतालका डा रवि शर्मा वाग्लेले सङ्क्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेङ्गु सङ्क्रमण बढ्नसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेङ्गुको प्रकोप फैलिएको थियो । यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  २ : २९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका