इसेवाले ल्यायो ‘एकमा चार अफर’ « Khabarhub

इसेवाले ल्यायो ‘एकमा चार अफर’


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘एकमा चार अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दैनिक एक रुपैयाँभन्दा कममै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ ।

यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँभन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ ।यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नुपरेमा हरेक सदस्यको वार्षिक २ सय ७० रुपैयाँ शुल्क लाग्नेछ ।

यसैगरी आफूसहित साथीभाइलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस्तो अफर ल्याएको हो ।

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्समा गई इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एक लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्क दाबी गर्न सकिनेछ ।

यस प्याकेजमा एक लाखभन्दा बढीको दुर्घटना बीमा, २४–घण्टाभन्दा बढी अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा पाँच सय रुपैयाँ छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।

यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण,बाँझपनको उपचारका जटिलता,मानसिक वा नर्भस ब्रेक डाउन, जन्मजात वा वंशाणुगत दोष वा अवस्थाहरू, एचआइभी वा कुनै यौनजन्य रोग, रक्सी वा अन्य लागूऔषध दुरुपयोग,आत्महत्या वा कुनै अंग प्रत्यारोपण, वैकल्पिक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परीक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन ।

यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ३ : ३५ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र