गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन « Khabarhub

गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गोरखा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका-५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज उद्घाटन गरेका हुन् । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो । 

गाउँपालिकाले विनियोजन गरेको २४ लाख ८० हजार तीन सय ७५ मा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए।

नवनिर्मित उक्त भवनमा थुनुवा कक्षसमेत रहेको उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले आज नै नवनिर्मित भवन जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताए।

गाउँपालिकाभित्र रहेको चोरकाटे प्रहरीचौकी र धारापानी प्रहरीचौकीलाई एक-एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ४ : ५१ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि