नेपाली सेनाका उच्च अधिकृतद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको भ्रमण | Khabarhub Khabarhub

नेपाली सेनाका उच्च अधिकृतद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको भ्रमण


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नगरकोट–  नेपाली सेनाको ‘हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ का उच्च अधिकृतहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयको भ्रमण गरेका छन् ।

नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित ‘सी.सं. ११ हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ का उच्च अधिकृतहरूले वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरी विविध विषयमा जानकारी लिए ।

सो अवसरमा कोर्सका शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा संगठनबीच भएको आपसी सहकार्य तथा सहयोग आदान प्रदान र आत्मीयताले गर्दा एकआपस बीचको सम्बन्ध थप मजबुद एवं प्रगाढ हुँदै गइरहेको उल्लेख गर्दै राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा सुरुवात देखि नै विविध तालिम तथा साधनश्रोत व्यवस्थापनमा नेपाली सेनासँग समन्वय भइरहेको उल्लेख गरे ।

उनले यस्ता अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरूमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गर्दै राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन लगायतका कार्यहरू सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरले सशस्त्र प्रहरी बल नेपालको बारेमा कोर्सका शिक्षार्थी अधिकृतहरूले राखेको विविध जिज्ञासाहरूबारे प्रस्ट पारे ।

सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम कर्तव्य र अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा संगठनहरुबीच समन्वय र सहकार्यका क्षेत्रहरू, विद्यमान चुनौती लगायतका विविध विषयहरूबारे शिक्षार्थी अधिकृतहरू समक्ष प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए ।

त्यसअवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको कामकारबाही र सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा सञ्चार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरूले जानकारी हासिल गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ५ : २० बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य