ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित « Khabarhub

ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ५ : ५७ बजे

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले