जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : मन्त्री बस्नेत « Khabarhub

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : मन्त्री बस्नेत


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् ।

मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए । 

उनले स्वास्थ्य संकटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। ‘स्वास्थ्य संकटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौँ । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न रोगबाट उन्मुक्तिका लागि सबै जनाले ‘एक घन्टा आफ्नो लागि’ नारासहित अघि बढौँ’, उनले भने ।

विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी-कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने उनको भनाइ छ ।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उनले बताए। पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले चार निर्णय गरेका छन् ।

उनले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीका रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

दोस्रो निर्णयका रूपमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने रहेको छ । 

तेस्रो, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने रहेको छ । 

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण)को अत्यधिक उपयोग भए-नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहायबमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर