अस्ट्रेलियामा लागुऔषधकाे कारण दैनिक पाँच जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियामा लागुऔषधकाे कारण दैनिक पाँच जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ ।

बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागुऔषधका कारण मृत्यु भएको थियो । यो सङ्ख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो ।

उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसङ्ख्यामा ६।९ जनाले लागुऔषधका कारण ज्यान गुमाएका थिए ।

सन् २०२१ मा लागुपदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो ।

सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् । यसका कारण कूल एक हजार आठ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि ‘एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ औषधिहरू थिए ।

उक्त प्रतिवेदनले लागुऔषधका कारण हुने मृत्युमध्ये ७६ प्रतिशत घरमै भएको, ६८ प्रतिशतले नजानेर र २७ प्रतिशतले जानाजानी गरेको उल्लेख गरेको छ ।

“सन् २००२ देखि लागुपदार्थका कारण हुने मृत्युदर प्रतिवर्ष औसतमा ३।५ प्रतिशतले बढेको छ र सन् २०१७ मा प्रति एक लाख अस्ट्रेलियालीमा आठ जनाको मृत्युभएको थियो,” ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले भने ।

उक्त प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अस्ट्रेलियामा लागुपदार्थका कारण भएका सबै मृत्युका बारेमा निष्कर्ष प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ३३ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली