अस्ट्रेलियामा लागुऔषधकाे कारण दैनिक पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

अस्ट्रेलियामा लागुऔषधकाे कारण दैनिक पाँच जनाको मृत्यु


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ ।

बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागुऔषधका कारण मृत्यु भएको थियो । यो सङ्ख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो ।

उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसङ्ख्यामा ६।९ जनाले लागुऔषधका कारण ज्यान गुमाएका थिए ।

सन् २०२१ मा लागुपदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो ।

सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् । यसका कारण कूल एक हजार आठ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि ‘एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ औषधिहरू थिए ।

उक्त प्रतिवेदनले लागुऔषधका कारण हुने मृत्युमध्ये ७६ प्रतिशत घरमै भएको, ६८ प्रतिशतले नजानेर र २७ प्रतिशतले जानाजानी गरेको उल्लेख गरेको छ ।

“सन् २००२ देखि लागुपदार्थका कारण हुने मृत्युदर प्रतिवर्ष औसतमा ३।५ प्रतिशतले बढेको छ र सन् २०१७ मा प्रति एक लाख अस्ट्रेलियालीमा आठ जनाको मृत्युभएको थियो,” ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले भने ।

उक्त प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अस्ट्रेलियामा लागुपदार्थका कारण भएका सबै मृत्युका बारेमा निष्कर्ष प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ८ : ३३ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको