सुदूरपश्चिममा माघीमा बिदा नदिइने « Khabarhub

सुदूरपश्चिममा माघीमा बिदा नदिइने


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको सबैभन्दा ठुलो पर्व माघीमा यस वर्ष बिदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरी माघी पर्वको सार्वजनिक बिदा दिँदै आएकोमा यस वर्ष कटौति गरेको हो ।

एक हप्ता अघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक बिदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ । चैत २२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरुमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन बिदा), भदौ ३१ गते थारुहरुको पर्व अतवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।

सो राजपत्रमा भनिएको छ –‘खण्ड (क) मा तोकिए बमोजिमका विदाको अतिरित्त थप एक दिनको विदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरिय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरि विदा दिने ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : १८ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली