बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै « Khabarhub

बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।

करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम (ओभर ले) गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताए ।

ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उनले बताए । उनले भने , “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ ।”

विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक (अण्डर पास) खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताए । तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उनले बताए ।

समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उनले बताए ।

बागमती करिडोर निर्माण सुरु भएको साढे दुई दशक भइसकेको छ । करिडोर कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय ट्र्याक मात्रै खुल्दा पनि सवारीसाधन चल्न थालेका छन् । खासगरी जोरपाटीबाट गौशालासम्म र दोभानबाट बल्खु खण्डमा सवारीसाधनको चाप बढी रहेको पाइएको छ । जम्मा ४४ किलोमिटर लम्बाईको सो करिडोरको शुरुको विन्दु बागमती नदीको उद्गम स्थान बागद्वार हो भने अन्तिम विन्दु रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित कटुवाल दह रहेको छ । सुरु र अन्तिम विन्दुतर्फ भने ट्र्याक खोल्ने काम भइसकेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १० : १८ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली