ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी « Khabarhub

ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताएका छन् ।

“हाम्रो विशेष सेवालाई प्राप्त प्रमाणका आधारमा ड्रोन आक्रमणमा ‘अमेरिका र युक्रेनको हात रहेको’ दावी गरिएको हो,” पेस्कोभले क्रेमलिनमा बुधबार ड्रोन आक्रमणको प्रयासबारे भने।

पेस्कोभले संयुक्त राज्य अमेरिकाले यो बुझ्नु पर्दछ कि रूस आतंकवादी हमलामा आफ्नो सहभागिताको बारेमा सचेत छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले दुईवटा ड्रोन प्रयोग गरी हत्याको प्रयास गरेको रुसी प्रेस सेवाले बुधबार जनाएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रूसको दाबी झुटो भएको बताए । उनले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीमा उक्त आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताए ।

रूसी प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा भएको कथित ड्रोन हमलामा आफ्नो संलग्नता रहेको आरोप लगाएपछि ह्वाइट हाउसले बुधबार आफ्नो संलग्नता अस्वीकार गरेको हो ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एमएसएनबीसीसँग भने, “यसमा हाम्रो कुनै सरोकार छैन ।”

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए । उनले भने, “हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन ।”

क्रेमलिनमा भएको यो घटना रूसी र कब्जा गरिएको युक्रेनी भूभागमा हालै भएका अन्य विस्फोट र रेल दुर्घटनाका बीच भएको हो र आक्रमणलाई लिएर मस्कोले कीएभतर्फ औंला उठाएको छ ।

पुटिनका लामो समयदेखि प्रेस सचिव रहेका पेस्कोभले बुधबार भन्नुभयो, “यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ११ : ०० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका