काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् ।
आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक जोडेको हिमालयन आठौँ स्थानमा छ भने २९ अंक रहेको एनआरटी दशौँ स्थानमा छ ।
यस्तै, सोही मैदानमा साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ । २५ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब सातौँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक भएको मनाङ आठौँ जितको खोजीमा हुने छ ।
यसैगरी, पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छन् । ३४ खेल जितेको पुलिस चौथो स्थानमा छ भने ३९ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ ।
यस्तै, एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।
प्रतिक्रिया