भारतीय मूलकी निलमसँगको डेटमा टाइटनिक हिरो « Khabarhub

भारतीय मूलकी निलमसँगको डेटमा टाइटनिक हिरो


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो हालका दिनमा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्।

भारतीय मूलकी मोडल निलम गिलसँग लण्डनको एक रेष्टुरेन्टमा उनी भेटिएपछि उनी र निलमबीचको अफेयरले चर्चा  सुरू भएकाे छ। डिकेप्रियो उमेरले ४८ वर्ष र निलम २८ वर्षकी छन्। दुवै परिवारका केही सदस्यबीचको त्यो भेटघाटलाई धेरै डिनर डेटको संज्ञा दिएका छन्।

निलको जन्म सन् १९९५, अप्रिल २७ मा इंग्ल्याण्डको कोवेन्ट्रीमा भएको थियो। उनको हजुरबुवा हजुरआमा भारतमा जन्मिएका थिए। उनी पन्जाबको सिख परिवारकी हुन्। आफूलाई ब्रिटिस–पन्जाबी मोडल बताउने उनले १४ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी हुन्। उनले आफ्नो युट्युब च्यानल पनि छ। जहाँ बुलिङ, डिप्रेसन र बडी कन्फिडेन्स सम्बन्धी विषयमा कुराकानी राख्छिन्।

निलम पछिल्लो महिना फ्रान्सको कान्स फिल्म फेस्टिभलमा देखिएकी थिइन्। यो फेस्टिभलमा अभिनेता डिकाप्रियो आफ्नो फिल्म ‘किलर्स अफ द फ्लवार मून’को स्क्रिनिङमा पुगेका थिए। निलम अघि लियोनार्दोको नाम कैयौ अभिनेत्रीसँग जोडिएको छ। उनले केमिला मोरोनसँग डेट गरिसकेका छन्। दुवैले ४ वर्षसम्म डेट गरेपछि गत वर्ष ब्रेकअप गरेका थिए। यसपछि उनको नाम सुपरमोडल गिगी हदीदसँग पनि जोडिएको थियो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : १६ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त