तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित  « Khabarhub

तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित 


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बैठक अवरुद्ध भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तीन दलले आजको बैठकमा नाराबाजी गरेका गरेका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगतै एमाले, रास्वपा र राप्रपाका सांसदहरु उठेका थिए।

पटक पटक बसेर बैठक अगाडी बढाउन सहयोग गर्न आग्रह गरे पनि नमानेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेको सुनाए।

त्यसअघि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विरोध जनाए। यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताएका छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै विरोध जनाएका छन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलका कारण करिब डेढ घण्टा ढिला गरी सुरु भएको थियो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : ५१ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य