भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद « Khabarhub

भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुववहाटी- भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले सिलचरको कातागष्टल क्षेत्रमा कारवाही गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् ।

उनले भने, “हामीले २.२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागूऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।” साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागूऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ५ : २४ बजे

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ