दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु | Khabarhub Khabarhub

दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

झापा – दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो ।

नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताए ।

“विगत तीन वर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उनले भने, “रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म निःशुल्क लगाई दिन्छौँ ।” उनले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठगोठमा पु¥याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताए ।

रोग नलागेका वस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उनको भनाइ छ । उनले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताए । शनिबारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उनले बताए । उनलै दुई दिनमा सात सय गाई गोरुलाई भ्याक्सिन लगाइसकेको बताए ।

दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उहाँले जानकारी दिए । उनले प्रति भ्याक्सिन रु दुई सय २९ का दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताए । यसअघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैँ भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : २३ बजे

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,