पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा दुई सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा दुई सैनिकको मृत्यु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एआरवाई न्युजले अन्तर सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ।’

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो ।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो । पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित कारवाही (आईबीओ) मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : ४७ बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी