नेपालमा लगानी भित्र्याउन आग्रह « Khabarhub

नेपालमा लगानी भित्र्याउन आग्रह


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनको भनाइ छ ।

नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे प्रकाश पारे । नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उनले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा हङ्कङ महावाणिज्यदूत उदय रानामगर, एनआरएनए मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपाने, मकाउ लगानी बोर्डका अध्यक्ष चेन मेङ कामले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना