एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई « Khabarhub

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमा अलआउट हुँदै ३१ रनमा समेटियो । मलेसियाका मुहम्मद अक्रमले सर्वाधि १० रन बनाए । 

यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो ।

नेपालका नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय ईनिङ खेले । यस्तै, निरज यादवले ४७, सन्तोष यादवले २६, सुर्यांशु कोइरालाले १८, अशोक धामीले १२ रन बनाए ।

मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए ।

यसअघि नेपालले सन् २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ०४ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका