कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु « Khabarhub

कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ ।

उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।

प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् ।

सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियो भने अन्य २७ जना बिरामी भएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  २ : १४ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ