‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिनुभयो, जवाफ दिनुपर्छ’ « Khabarhub

‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिनुभयो, जवाफ दिनुपर्छ’


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएको भन्दै जवाफ माग गरेकी छिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इङ्गीत गर्दै दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक रहेको बताइन् ।

मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीहरुले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनले बताइन् । उनले प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाई फिर्ता लिनुपर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : १० बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला