‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिनुभयो, जवाफ दिनुपर्छ’ « Khabarhub

‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिनुभयो, जवाफ दिनुपर्छ’


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएको भन्दै जवाफ माग गरेकी छिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इङ्गीत गर्दै दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक रहेको बताइन् ।

मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीहरुले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनले बताइन् । उनले प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाई फिर्ता लिनुपर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : १० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय