लुम्बिनी प्रदेशसभाबाट विनियोजन विधेयक पारित « Khabarhub

लुम्बिनी प्रदेशसभाबाट विनियोजन विधेयक पारित


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ । आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन सकेन । छलफल नभएपछि सभामुखले निर्णायार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो ।

प्रदेशसभामा एमालेका सांसदहरुले खारेज भएका निर्देशनालयहरु फिर्ता ल्याउनुपर्ने माग गर्दै सुरुदेखि नै आन्दोलन गरिरहेका छन् । दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको  थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ०९ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्