नेपालले दिएको २६९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड ब्याटिङमा | Khabarhub Khabarhub

नेपालले दिएको २६९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड ब्याटिङमा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले दिएको दुई सय ६९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड ब्याटिङमा उत्रेको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएपछि आयरल्यान्डले २ सय ६९ रनको लक्ष्य पाएको हो ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए ।

उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए ।

कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे ।

भीम सार्कीले २० रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १ विकेट लिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : २३ बजे

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका