टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त | Khabarhub Khabarhub

टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अङ्कारा/कायरो- टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ ।

दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् ।

यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको हितमा थप सुमधुर बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरेर उनको टर्किए समर्थित मुस्लिम ब्रदरहुड समूहलाई गैरकानूनी घोषित गरेपछि इजिप्टसँग टर्कीएको सम्बन्धमा चिसोपन आएको थियो ।

गत मे २९ मा इजिप्टका राष्ट्रपति अब्देलफताह अल–सिसी र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको कूटनीतिक सम्बन्धलाई पुनः स्थापना गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ०३ बजे

पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर – एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ

जसपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार