प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड « Khabarhub

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन लागेकाले पाठकको बढी भीड बढ्न थालेको हो । १५ दिनका लागि गरिएको प्रदर्शनी असार २३ गते सकिने जनाइएको छ । पाठकको चाप बढेमा भने लम्बिन पनि सक्ने जनाइएको छ । प्रदर्शनीमा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानदाताले बढी पुस्तक खरिद गर्ने गरेका छन् । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सय थरीका पुस्तक एवं पत्रपत्रिका राखिएको छ ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘माक्र्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । विभिन्न शब्दकोश पनि बढी बिक्री हुने पुस्तकमा पर्छन् ।

प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । साझाले सांस्कृतिक संस्थान र पुरातत्व विभागले प्रकाशन गरेका पत्रिकासहित अन्य प्रकाशनका पुस्तक पनि राखेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : २५ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली