नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित « Khabarhub

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

जिम्बावेमा भएको खेलमा नेपाल ४ बल अगावै दुई विकेटले पराजित भएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए ।

त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए ।

युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : २७ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध