साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए  | Khabarhub Khabarhub

साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए 


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किएका छन् । रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेको अवस्थामा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी नेपाल फर्किएका हुन् ।

साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाइएको नेपाली साझा मञ्च साउदीका महासचिव राजु केसीले जानकारी दिए ।

महासचिव केसीका अनुसार उनी बिरामी बारे जानकारी प्राप्त भएपछि साझा मञ्चले भेट गरी उनको अवस्था चासो लिएको बताए । उनलाई विमानस्थल सम्म छोड्न कम्पनीले गाडी उपलब्ध नगराएपछि आफू, बुद्धि तामाङ र खड्ग तामाङ लगायत साथीहरूले विमानस्थल पुर्‍याई नेपाली साथीको साथमा स्वदेश पठाइएको केसीले बताए ।

उनी कार्यरत पान्डा कम्पनीका खड्ग तामाङ वाइवा तथा अन्य साथीहरूले उनको उपचारमा आर्थिक सहयोग संकलन गरिरहेको हाम्रो संस्थाले पनि केही आर्थिक सहयोग गरेका गरेको उनले बताए ।

रोजगारी सिलसिलामा दुवै मिर्गौला फेल भई फर्कनु पर्दा उनलाई उपचार कसरी गर्ने र परिवार कसरी पाल्ने? भन्ने चिन्ता रहेको छ। यस्तो अवस्था रहेको साफी र उनी जस्ता बिरामीलाई बिमा मार्फत उपचार गर्न नेपाली साझा मञ्च साउदी सम्बद्ध निकाय र नेपाल सरकार सँग जोडदार माग पनि गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै कामदारले यस्तै समस्या भोग्ने गरेका छन्। मिर्गौलाको उपचारमा संलग्न चिकित्सकहरूको अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।

धन कमाउन वैदेशिक रोजगारीमा गएका युवा मिर्गौला गुमाएर घर फर्किँदा शारीरिक र मानसिक क्षति त भइरहेको छ नै, उपचारमा ठूलो रकम खर्च हुँदा परिवार नै समस्यामा परिरहेका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : १० बजे

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त