साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए  « Khabarhub

साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए 


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किएका छन् । रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेको अवस्थामा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी नेपाल फर्किएका हुन् ।

साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाइएको नेपाली साझा मञ्च साउदीका महासचिव राजु केसीले जानकारी दिए ।

महासचिव केसीका अनुसार उनी बिरामी बारे जानकारी प्राप्त भएपछि साझा मञ्चले भेट गरी उनको अवस्था चासो लिएको बताए । उनलाई विमानस्थल सम्म छोड्न कम्पनीले गाडी उपलब्ध नगराएपछि आफू, बुद्धि तामाङ र खड्ग तामाङ लगायत साथीहरूले विमानस्थल पुर्‍याई नेपाली साथीको साथमा स्वदेश पठाइएको केसीले बताए ।

उनी कार्यरत पान्डा कम्पनीका खड्ग तामाङ वाइवा तथा अन्य साथीहरूले उनको उपचारमा आर्थिक सहयोग संकलन गरिरहेको हाम्रो संस्थाले पनि केही आर्थिक सहयोग गरेका गरेको उनले बताए ।

रोजगारी सिलसिलामा दुवै मिर्गौला फेल भई फर्कनु पर्दा उनलाई उपचार कसरी गर्ने र परिवार कसरी पाल्ने? भन्ने चिन्ता रहेको छ। यस्तो अवस्था रहेको साफी र उनी जस्ता बिरामीलाई बिमा मार्फत उपचार गर्न नेपाली साझा मञ्च साउदी सम्बद्ध निकाय र नेपाल सरकार सँग जोडदार माग पनि गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै कामदारले यस्तै समस्या भोग्ने गरेका छन्। मिर्गौलाको उपचारमा संलग्न चिकित्सकहरूको अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।

धन कमाउन वैदेशिक रोजगारीमा गएका युवा मिर्गौला गुमाएर घर फर्किँदा शारीरिक र मानसिक क्षति त भइरहेको छ नै, उपचारमा ठूलो रकम खर्च हुँदा परिवार नै समस्यामा परिरहेका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : १० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी