गायिका मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक « Khabarhub

गायिका मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ ।

संगीतकार शम्भुजीत बाँस्कोटाले संगीत भर्नुका साथै शब्द रचना गरेका उक्त गीतको श्रव्य दृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन् ।

गायिका थापाले अडियो र श्रव्य दृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन्। उनले भनिन्, ‘गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।’

संगीततकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताए। थापाले भने, ‘नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हुँदैन अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।’ राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ५४ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि