लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ « Khabarhub

लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले जनाएको छ।

 घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेकाे बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ११ बजे

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

भद्रपुर– अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्सस– टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय