तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने-म निर्दोष छु | Khabarhub Khabarhub

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने-म निर्दोष छु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी– सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

 यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दाबी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झन्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दङा गरेको आरोप लगाइएको थियो। सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसद्मा हमला गरेका थिए । अमेरिकी कङ्ग्रेसको पनि तोडफोड गरेका थिए ।

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्व राष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, सरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ। यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस्। यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसद्मा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ४४ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको