नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी छ। डेढ वर्षदेखि माओवादी पार्टीभित्र हुन नसकेको खुला बहस सुरु भएको छ। यो बैठकले सरकारमा रहेको अवस्थामा पार्टीमाथि उठेका प्रश्न र तिनको जवाफ खोजी गर्नेछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकमा पेस गरेको प्रस्तावमाथि छलफल जारी छ। प्रतिवेदनमाथि केन्द्रीय समितिका सदस्यले राखेको विचार सुन्दा माओवादी कठिन मोडमा पुगिराखेको प्रस्ट हुन्छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई पछिल्लो समयमा हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेर सशक्त कम्युनिस्ट शक्तिको रूपमा आफूलाई स्थापित गर्न खोजिराखेको माओवादी केन्द्र अहिले कुन घुम्तीमा छ ? अब पार्टी कसरी अगाडि बढ्नु आवश्यक छ ? यी र यस्तै विषयमा आधारित भएर राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
माओवादी केन्द्रीय समिति बैठकको परिदृष्यहरुले के देखाएको छ ? माओवादीले अब खुला संसदीय राजनीतिको अभ्यासमा लागेको हो ? यो व्यवस्थाको सीमालाई सबैले मान्नुपर्छ। सबै भन्दा मुख्य कुरा भनेको नैतिकता र इमान्दारिता हो। त्यसलाई माओवादीले कसरी लिन्छ। माओवादीको सत्तामुखी चालले जनता निराश भएका छन्। त्यसलाई उसले समेटेर अगाडि कसरी जान्छ भन्ने कुरामा भरपर्छ।
प्रचण्डले अब हामी सुध्रिनु पर्यो नत्र सकिने ठाउँमा पुगिसक्यौँ भनेका छन्। यसले त माओवादीको नेतृत्व नै भविष्य छैन भन्ने ठाउँमा पुगेको देखिँदैन र ? सुध्रिने बिग्रिने कुरा आफूमा भर पर्ला। तर जसरी उनीहरू सत्तामुखी भएर वा प्रचण्डको कुरामा व्यक्तिवाद सौखिनता, घृणास्पद परिवारवाद र सिद्धान्त विरोधी अपसंस्कृति देखिएको छ। उनका वरीपरिका मान्छेहरू सुनदेखि भ्रष्टाचारमा गनाएका छन्। उनीहरू जेको लागि जनयुद्ध लडेर आएका छन् त्यसमा एकरूपता नै देखिँदैन। जनतासँग जोडिने जनताको साथमा उभिनु नै पहिचानको कुरा हो। राष्ट्रका कुरा भन्ने नै अहिलेको समाजवाद हो। जर्मनीको कुरा गरेर अहिले साम्यवाद आउँदैन। वर्तमानमा परिवर्तित हुनुपर्छ। अहिले पनि माओवादीका कमाण्डर पाँच करोडका गाडीमा हिँडेका छन्। काठमाडौंमा ठुलाठुला घर बनाएका छन्। सुनकाण्ड लगायतका भ्रष्टाचारमा जोडिएका छन्।
व्यवहार त उसले भने जस्तो अब उत्पीडनविरुद्धको वा वर्गीय जातीय क्षेत्रीय भाषिक आन्दोलन सकिएर उनीहरू परिवर्तन भएका हुन् ? अब जातीय, वर्गीय पहिचानको कुरा गर्न कोशीमा अहिले पहिचान खोज्न थाले हिजो माओवादी यही कुराको लागि लडेको हो। अब दिनुपर्याे नि विप्लवका किन कुरा आएको। त्यसैले भने अनुसारको आचरण नगरेको हुनाले उत्पन्न भएको विषम स्थिति हो। जबसम्म उनीहरूले यो अनुभूति गर्दैनन्। तबसम्म कुनै बैठकको केही अर्थ हुँदैन। गफ मात्र हुन्छ।
सत्ताको नयाँ चरित्रमा संघात्मक, लोकतान्त्रिक गणतन्त्र, समावेशिताका कुरामा आफ्नो अनुकूल बनाउन सक्ने स्थितिमा माओवादी छैन त ? माओवादीले आफूलाई नै घात पर्यो। सुशासन, वर्ग पहिचानका कुरा गर्याे तर सबैबाट पछि हट्यो। सबै यथार्थ रह्यो। उसले हामीले धर्म निरपेक्ष ल्यायौँ गणतन्त्र ल्यायौँ सघीयता ल्यायौँ भन्छ। त्यसको लागि त माओवादी लडेको होइन मेरो विचारमा। उनीहरू बामपन्थी पनि भएनन्। पद र प्रतिष्ठाको लागि जे पनि गर्ने भए, त्यो त जनमतले दिएको होइन।
अब प्रचण्डलाई सुधार गर्र्छौँ भनेर बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द लगाम समाउन आउन खोजेका छन्। यसले माओवादी क्रान्तिको रापलाई थेग्न सक्ने अवस्था छ ? त्यो उनीहरूको चाहना होला। माओवादी नेतृत्वले जुन गल्ती गर्यो भनेर जुन बाटो लिए त्यो पनि गलत भनेर उनीहरु फर्किन लागेका छन्। त्यसैले सबै एक हुन्। खाली स्वार्थ नमिलेपछि जनता तर्साएर बबन्डर गर्ने मात्र देखिएको छ। कोही इमानदार मान्छे पनि होलान् तर त्यो आन्दोलनले कुनै बाटो नै लिएन। सबै नै राजनीतिलाई ठिकसँग लिन नसकेको भनेर मैले बुझेको छु। क्रान्ति भनेको समाज बदल्ने पवित्र कुरा हो। तर त्यो नाममा खेल खेल्ने काम भइरहेको छ। उनीहरूले आत्मरतिको लागि क्रान्तिको सङ्गीत बेचेर कार्यकर्तालाई मन्त्र मुक्त गरेर समाजमा बबन्डर खडा हुने नातावादमा चल्ने काम भएको छ। यदि कोही क्रान्तिकारी छ भने पहिला क्रान्ति भनेको के हो त्यो बुझ्नुपर्छ।
त्यो भार थामेर अघि बढ्न सक्ने कार्यकर्ता होलान् त ? होलान् तर त्यसमा किन नातावाद आयो भनेर प्रश्न उठाउनु पर्ने हो। यो त कसैले पनि प्रश्न उठाएका छैनन्। त्यस कारण कार्यकर्ता काठमाडौंमा घर बनाएर गाडी चढेर हिँड्ने मात्र हो ? क्रान्तिकारी मान्छे थिए भने त हामीले यसैको लागि जनयुद्ध लडेको हो त अब के थवाङको राजधानी चन्द्रागिरि सरुवा भएको हो ? हाम्रो मुख्यालय भनेर प्रश्न गर्नु पर्ने ठाउँमा सत्ताका पछि दौडिएको छन्। कार्यकर्ता भएको भए हिजो त्यत्रो अङ्गभङ्ग भएर जनयुद्ध लडेको यही हो भनेर भन्थ्यो होला। सिद्धान्त उनीहरूले बेमान गरेका छन् जनयुद्धको नाममा बबन्डर गरेका छन्।
माओवादीको त्यो शक्ति एउटा लोकतान्त्रिक कित्ता हुँदै पछिल्लो समयमा निर्देशित जनवादको नाममा भ्रष्टाचारीहरू उत्पादन गर्ने एउटा कारखानामा रूपान्तरण भयो त ? उनीहरूले माओवादी जनयुद्धको नाममा सामाजिक परिवर्तनका लागि जनयुद्ध लडेका हुन् कि नेपाल र नेपालीत्वका आधार तोडफोड गर्न त्यो बबन्डर गरेका हुन त त्यो इतिहासले खोज्नुपर्छ। नत्र अरूको देशमा बसेर नेपालमा जनयुद्ध कल्पना गर्न सकिँदैन। त्यसका अतिरिक्त भारतले आश्रय दिएको सपोर्ट तालिम दिएको पाइन्छ। त्यसमा हामीले खोज्नुपर्छ। नत्र जनयुद्ध भनेको एउटा मिथ हुन्छ। हामीले भोलिको बाटो खोज्नु पर्छ विगतले तय गर्ला जस्तो लाग्दैन।
नेपालको सत्ता राजनीतिमा माओवादीले कुनै नयाँ मानक बनाउन सक्यो कि सकेन भनेर समीक्षा गर्यो भने के होला ? प्रतिवेदनको कुरामा उनीहरूले चुनाव घोषणा पत्र मुलत केपी ओली प्रतिगामी हो। यसलाई नबढ्दासम्म नेपालको राजनीतिले निकास पाउँदैन भन्ने बिम्ब खडा गरेको देखिन्छ। केपी आलीलाई त्यही अनुसार यो हिन्दुवादी, राजावादी, संघीयता विरोधी हो भनेका छन्। त्यसपछि जब निर्वाचित भएर आए उसैको चरणमा गएर प्रधानमन्त्री भए दुई महिना। त्यहाँ कुरा नमिलेपछि कांग्रेससँग मिलेर अगाडि बढेका छन् यसलाई कस्तो मानक मान्ने त। माओवादीको तर्फबाट मानक देखिएको छैन।
यो संसदीय अभ्यासको सीमा र समस्यामा जसरी माओवादी फसेको छ यो बाट अहिले बाहिर निस्किन नसक्ने हो त ? प्रचण्डले दिएको अभिव्यक्तिलाई व्यवहारमा ल्याउनु पर्यो। भित्री सुन्दरता चाहिएको हो हामीलाई नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारी हुनुपर्यो। त्यो नहुँदासम्म सबै कुरा बकवास हुन्छ बकवासले समाज बदलिँदैन।