दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका-८ मा गएराति पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।
पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ। बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले जानकारी दिए। यस्तै टोपाटारमा ३ घर पुरिएका छन् ।
यसैबीच गयरातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएका छन्। पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया