म्याग्दीमा आलु उत्पादन बढ्यो | Khabarhub Khabarhub

म्याग्दीमा आलु उत्पादन बढ्यो


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन यस वर्ष बढेको छ ।  गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको जानकारी दिए। ‘अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिक टन उत्पादन भएको थियो’, उनले भने, ‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।’

स्थानीय तहहरूले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो ।

खेती गर्ने र भित्र्याउने समयमा अनुकूल मौसम र रोग किराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर पुर्जाले बताए। ‘अघिल्लो वर्ष ऐजुरु रोगले आलुको बोट र दानामा असर गरेकाले उत्पादन आधाले घटेको थियो’, उनले भने, ‘नयाँ बीउ लगाइएको हुँदा यसपालि आलु राम्रो फलेको छ ।’ उनले एउटै दाना एक किलो बराबर तौल भएको आलु उत्पादन भएको जानकारी दिए। म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धौलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् ।

नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ ।  जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्यांक छ ।

उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी रु ५० देखि रु एक सयसम्ममा कृषकले आलु बेच्ने गरेका छन् । व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले र मङ्गलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : ३८ बजे

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो

एजेन्सी – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ ।

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई

विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा ३ पक्राउ

 काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको