बारामा हालसम्म ८० प्रतिशत रोपाइँ « Khabarhub

बारामा हालसम्म ८० प्रतिशत रोपाइँ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बारा- लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ ।

बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकामा पर्याप्त मात्रामा पानी नपरेर खडेरी भए पनि भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानीले यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने देखिएको छ ।

उक्त केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर  र अग्हनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताए ।

आव २०७९/८० मा भदैया ११ हजार ९०५ हेक्टर, अग्हनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : ३२ बजे

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

भद्रपुर– अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्सस– टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय