टिकटकमा आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति « Khabarhub

टिकटकमा आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु देउवा राणाको सामाजिक प्रतिष्ठा, इज्जत र मानमर्यादामा आँच आउनेगरी सामाजिक सञ्जालमा सामग्रीहरु प्रसारण भएको भन्दै आपत्ति जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै डा राणाविरुद्ध सुवास बोहोरा नामक टिकटक आईडीबाट झूठा र अनर्गल एवम् भ्रामक रुपमा विभिन्न पोस्टहरु प्रसारण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको नै बर्खिलाफ हुनेगरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ ।’

राजनीतिक पूर्वाग्रह राखी ‘घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहहरु’ ले उनीविरुद्ध यस्ता सामाग्री प्रसारित गरिएको तरुण दलको दाबी छ । तरुण दलले दोषीलाई कारवाही गर्न तीन दिनको अल्टिमेटमसमेत दिएको छ । नत्र तरुण दल आफैँ प्रतिकारमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र