टिकटकमा आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति « Khabarhub

टिकटकमा आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु देउवा राणाको सामाजिक प्रतिष्ठा, इज्जत र मानमर्यादामा आँच आउनेगरी सामाजिक सञ्जालमा सामग्रीहरु प्रसारण भएको भन्दै आपत्ति जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै डा राणाविरुद्ध सुवास बोहोरा नामक टिकटक आईडीबाट झूठा र अनर्गल एवम् भ्रामक रुपमा विभिन्न पोस्टहरु प्रसारण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको नै बर्खिलाफ हुनेगरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ ।’

राजनीतिक पूर्वाग्रह राखी ‘घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहहरु’ ले उनीविरुद्ध यस्ता सामाग्री प्रसारित गरिएको तरुण दलको दाबी छ । तरुण दलले दोषीलाई कारवाही गर्न तीन दिनको अल्टिमेटमसमेत दिएको छ । नत्र तरुण दल आफैँ प्रतिकारमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  २ : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको