थापाथली क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

थापाथली क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरी शिक्षामा लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको अग्रसरतामा क्याम्पसअगाडि प्रदर्शन गरिएको हो । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने तयारी गरेको उनीहरुले बताएका छन् ।

सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौ, भविष्य दिन्छौ, शिक्षा मै राजनीति देशको बेजती, सरकार झूठो आश, ठूलो निकासलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : ३६ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड