भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने « Khabarhub

भारतीय सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक, सांसद पद पुनर्बहाली हुने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । यससँगै उनको सांसद पद पुनर्बहाली हुने भएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।

‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात राज्यका विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा गुजरातको सुरत जिल्ला अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त आदेशसँगै उनको सांसद पद खारेज भएको थियो । यसै मुद्दामा मुद्दामा जिल्ला अदालतले सुनाएको फैसला कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

तर, शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । साथै, सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ४ : ५० बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो