भद्रपुर कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल | Khabarhub Khabarhub

भद्रपुर कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भद्रपुर कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको उनको भनाइ छ ।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्नलाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नाराजुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए । “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।”

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनी भित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ०३ बजे

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ

२३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

काठमाडौं– नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य

भीपीएन प्रयोग नगर्न आग्रह गर्दै सञ्चार मन्त्रालयले भन्यो- हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए   

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल

‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन

भक्तपुर– श्रम अदालतका अध्यक्ष जनक पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने,

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छ : उपाध्यक्ष पौडेल

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई