चितुवाको छालासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

चितुवाको छालासहित दुई जना पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीस्थीत न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट चितुवाको छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिकाका गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का वामदेव जोशी पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : १० बजे

संसद् भवनको पूर्वी गेटमा पनि आगजनी

काठमाडौं– सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूले

प्रदर्शनस्थलमा घाइते लिन गएको एम्बुलेन्समा तोडफोड

काठमाडौं- नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा

बानेश्वरको सडकमा ओर्लियो सेना

काठमाडौं– बानेश्वरको सडकमा बख्तरबन्द गाडीसहित नेपाली सेना उपस्थिति भएको छ

इटहरीमा भएको जेन-जीको प्रदर्शनमा चल्यो गोली

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा जेन जीले गरेको प्रदर्शनमा गोली चलेको

कर्णालीका जलविद्युत् आयोजना अगाडि बढाइनेछ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त