दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा माओवादी केन्द्रद्वारा २२ केन्द्रीय सदस्य थप, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास, नेकपा एसले गर्‍यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन, सशस्त्र प्रहरीले तस्करीको सात करोडको सामान भन्सारलाई बुझायो, प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गर्नु पर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाईलगायतका समाचारले प्रमुख स्थान पाए।

माओवादी केन्द्रद्वारा २२ केन्द्रीय सदस्य थप

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुको नाम केन्द्रीय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अहिले केही ठूलो देखिएपनि विधान सम्मेलनपछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए ।

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ शतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफू निकै सन्तुष्ट रहेको बताए ।

नेकपा एसले गर्‍यो केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो ।

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएकी छिन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल प्याब्सन काठमाडौँ जिल्ला शाखाद्वारा आयोजित ‘एसइई (२०७९) सम्मान कार्यक्रम–२०८०’ लाई सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐन अहिले मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता हुने प्रक्रियमा रहेको जानकारी दिइन् ।

टिकटकमा आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु देउवा राणाको सामाजिक प्रतिष्ठा, इज्जत र मानमर्यादामा आँच आउनेगरी सामाजिक सञ्जालमा सामग्रीहरु प्रसारण भएको भन्दै आपत्ति जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै डा राणाविरुद्ध सुवास बोहोरा नामक टिकटक आईडीबाट झूठा र अनर्गल एवम् भ्रामक रुपमा विभिन्न पोस्टहरु प्रसारण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको नै बर्खिलाफ हुनेगरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ ।’

सशस्त्र प्रहरीले तस्करीको सात करोडको सामान भन्सारलाई बुझायो

सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो ।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९-८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चालकलाई कारबाही

गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ०० बजे

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई