उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले आज निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । मोरङ जिल्लाका प्रनिनिधिसभा सदस्य विनोदमणि भट्टराईले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रिट निवेदक भट्टराई हाम्रो नेपाल पार्टीका तर्फबाट मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनुभएको थियो । निर्वाचन सकिएपछि आफूले प्रदेश निर्वाचन कार्यालय, प्रदेश नम्बर १ ९हाल कोशी प्रदेश०, मोरङ, विराटनगरमा निर्वाचन खर्चको विवरण पेस गरेको रिट निवेदनका उल्लेख थियो ।

आफूले खर्च विवरण सार्वजनिक गरेकोबारे जानकारी नदिएको उल्लेख गर्दै आयोगले निजलाई रु १५ हजार जरिवाना तोकेको थियो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३४ बजे

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– कमलामाई कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 

काठमाडौं– नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा 

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप