नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी | Khabarhub Khabarhub

नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।

परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताए।

‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।” मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।

हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ४४ बजे

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं- एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ

पोखराबाट १७ वर्षीय किशोरले बस चोरेपछि…

पोखरा- पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा

अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन

पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्य पहिचान

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल भ्रमणमा

शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको