ईयूको नियम अनुकुल सेवा सुधार गर्ने टिकटकको घोषणा | Khabarhub Khabarhub

ईयूको नियम अनुकुल सेवा सुधार गर्ने टिकटकको घोषणा


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न शुक्रबार परिवर्तनहरूको घोषणा गरेको छ ।

नयाँ नियमअनुसार इन्टरनेट कम्पनीहरूले तथ्याङ्कको गोपनीयता, बालकल्याण संरक्षण, भ्रामक सूचना र ‘हेट स्पीच’ नियन्त्रणमा कडा कदम चाल्नुपर्नेछ । टिकटकका साथै अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्टसहित वेबका १९ ठूला कम्पनीहरूले अगस्ट २८ सम्म पालना गर्नुपर्नेछ ।

डिजिटल बजारको रेखदेख गर्ने युरोपेली आयुक्त थियरी ब्रेटनले गत महिना टिकटकलाई नयाँ मापदण्ड अपनाउन निर्देशन दिनुभएको थियो ।

उक्त चेतावनीलाई ध्यानमा राख्दै टिकटकले युरोपका प्रयोगकर्ताहरूलाई ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको छ । मानिसहरूलाई उनीहरूको व्यक्तिगत रुचिको आधारमा सिफारिस गरिएको सामग्रीको साथ भिडियोहरू राख्ने ‘तपाईंको लागि’ फिडलाई सङ्केत गर्दै ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको हो ।

टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “युरोपेली प्रयोगकर्ताले आफू बस्ने ठाउँ र विश्वभरका लोकप्रिय भिडियोहरू प्राप्त गर्न सक्नेछन् ।”

टिकटकको सम्पादन सुविधाहरू र एआई–सञ्चालित कलन विधि ९एल्गोरिदम० को कारण टिकटक विशेष गरी युवा दर्शकहरूबीच विश्वभर लोकप्रिय छ र यसका एक अरबभन्दा बढी प्रयोगकर्ताहरू छन् ।

यद्यपि चीनसँगको सम्बन्धलाई लिएर पश्चिमा मुलुकहरूबाट टिकटकको चर्को आलोचना भइरहेको छ । टिकटकको लगानीकर्ता संस्था बाइटडान्स चिनियाँ भएको बताइने गरेपनि कम्पनीले यसलाई बेइजिङको संरक्षणमा रहेको अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ०३ बजे

यौन दुर्व्यवहारको आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा दायर

काठमाडौं– टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा

फिल्म ‘मोदीबेनी’ लिएर अमर र वर्षा  दुवै उत्साहित

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी करिब तीन वर्षपछि चलचित्रको मुख्य भूमिकामा

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय

चुनावीसभामा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदैछन् : उपप्रधानमन्त्री खड्का

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका

दोलखामा तीन सयबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइयाे 

दोलखा– सरकारले सोमबारदेखि देशका ७५ जिल्लाका बालबालिकालाई नि:शुल्क दादुरा–रुवेला विरुद्धको