अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रकाशशरण महत « Khabarhub

अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रकाशशरण महत


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गरेका छन् ।

वीरगञ्जमा कांग्रेसद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”

उनले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै उनले खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत नबढ्ने बताए ।

प्रवक्ता डा महतले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कैरूपमा प्रस्तुत हुने सम्भावना टरेको बताए । उनले भने, “केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैँ लाइभ हुँदैन । हामी धेरै कर्मकाण्डी भएका छौँ, सिधै विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागतरूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताबीचमा लिएर जानुपर्छ ।”

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा महतले काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : १४ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण