रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु « Khabarhub

रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । 

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको उनले बताए ।

मनोजको  एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला परेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : १२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक