एसिया कपमा भारतविरुद्ध नेपाल : वीरगञ्ज महानगरका सेवा २ बजेपछि बन्द « Khabarhub

एसिया कपमा भारतविरुद्ध नेपाल : वीरगञ्ज महानगरका सेवा २ बजेपछि बन्द


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालको खेलका लागि महानगरअन्तर्गत अत्यावश्यक सेवाहरु २ बजेपछि बन्द रहने सूचना जारी गरेको छ ।

सोमबार सूचना जारी गर्दै भारतविरुद्ध नेपालको खेलमा क्रिकेट खेलप्रतिको भावना बढाउन एवम् नेपाली टिमको हौसला बढाउनका लागि २ बजेपछि सेवा बन्द रहने महानगरले जनाएको छ ।

खेल आज श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाँडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।  

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ०९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन