युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त | Khabarhub Khabarhub

युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलेक्सी रेजनिकोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका छन् । रूससँगको युद्ध १९ औँ महीनामा प्रवेश गरिरहँदा जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए ।

यो अवधिमा रूस–युक्रेन युद्धले धेरै मानिसको ज्यान लिइसकेको छ र अहिले पनि दुई देशबीच युद्ध जारी छ । जेलेन्स्कीले युक्रेनका पूर्व ‘पिपल्स डेपुटी’ रूस्टेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनित गरेको आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ ।

“अब रुस्तम उमरोभले मन्त्रालयको नेतृत्व गर्नुपर्छ । युक्रेनको भर्खोवना रादा (विधायिका) ले यी व्यक्तिलाई राम्रोसँग चिनेको छ, र उमरोभलाई कुनै थप परिचयको आवश्यकता छैन,” जेलेन्स्कीले भनेका छन् । “म आशा गर्दछु संसदले यस उम्मेदवारलाई समर्थन गर्नेछ” उनले भने ।

यसअघि युक्रेनका राष्ट्रपतिले जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेजनिकोभलाई बर्खास्त गरेको जानकारी गराउँदै भिडियोमा भनेका छन्, “मैले युक्रेनको रक्षामन्त्रीलाई हटाउने निर्णय गरेको छु । रेजनिकोभले ५५० दिनभन्दा बढीको पूर्ण युद्ध भोग्नुभएको छ । मन्त्रालयलाई नयाँ दृष्टिकोण र सेना र समाज दुवैसँग अन्तरक्रियाको अन्य ढाँचाको आवश्यकता छ ।”

जेलेन्स्कीले युक्रेनको सरकारमा व्याप्त भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नु नेटो र युरोपियन युनियनमा लामो समयदेखि प्रतिक्षित सदस्यता प्राप्त गर्ने कीएभको सम्भावनाका लागि महत्वपूर्ण रहेको बताएका छन् । युक्रेनका राष्ट्रपतिले आफ्नो चुनावी अभियानमा आन्तरिक कलहलाई मुख्य मुद्दा बनाएका छन् ।

सीएनएनका अनुसार शनिबार युक्रेनका सबैभन्दा शक्तिशाली कुलीन वर्ग र जेलेन्स्कीका एक प्रमुख समर्थक इहोर कोलोमोइस्कीलाई ठगी अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । कीएभको एक अदालतले कोलोमोइस्कीलाई ६० दिनको पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएको छ ।

यसैबीच, अधिकारीहरूले उनीविरुद्ध ठगीको आरोपको अनुसन्धान गरिरहेका छन् । सबैभन्दा शक्तिशाली कुलीन वर्गमध्ये एक, कोलोमोइस्कीको सञ्चार र बैङ्किंग व्यवसायले उनलाई युक्रेनको सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ३ : २३ बजे

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी- बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३

जेन-जी आन्दोलनमा विध्वंश, ऊर्जा मन्त्री भन्छन्- २ खर्ब भन्दा धेरैको क्षति भयो

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश