युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त « Khabarhub

युक्रेनी रक्षामन्त्री पदबाट बर्खास्त


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलेक्सी रेजनिकोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका छन् । रूससँगको युद्ध १९ औँ महीनामा प्रवेश गरिरहँदा जेलेन्स्कीले रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए ।

यो अवधिमा रूस–युक्रेन युद्धले धेरै मानिसको ज्यान लिइसकेको छ र अहिले पनि दुई देशबीच युद्ध जारी छ । जेलेन्स्कीले युक्रेनका पूर्व ‘पिपल्स डेपुटी’ रूस्टेम उमरोभलाई नयाँ रक्षामन्त्रीमा मनोनित गरेको आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ ।

“अब रुस्तम उमरोभले मन्त्रालयको नेतृत्व गर्नुपर्छ । युक्रेनको भर्खोवना रादा (विधायिका) ले यी व्यक्तिलाई राम्रोसँग चिनेको छ, र उमरोभलाई कुनै थप परिचयको आवश्यकता छैन,” जेलेन्स्कीले भनेका छन् । “म आशा गर्दछु संसदले यस उम्मेदवारलाई समर्थन गर्नेछ” उनले भने ।

यसअघि युक्रेनका राष्ट्रपतिले जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेजनिकोभलाई बर्खास्त गरेको जानकारी गराउँदै भिडियोमा भनेका छन्, “मैले युक्रेनको रक्षामन्त्रीलाई हटाउने निर्णय गरेको छु । रेजनिकोभले ५५० दिनभन्दा बढीको पूर्ण युद्ध भोग्नुभएको छ । मन्त्रालयलाई नयाँ दृष्टिकोण र सेना र समाज दुवैसँग अन्तरक्रियाको अन्य ढाँचाको आवश्यकता छ ।”

जेलेन्स्कीले युक्रेनको सरकारमा व्याप्त भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नु नेटो र युरोपियन युनियनमा लामो समयदेखि प्रतिक्षित सदस्यता प्राप्त गर्ने कीएभको सम्भावनाका लागि महत्वपूर्ण रहेको बताएका छन् । युक्रेनका राष्ट्रपतिले आफ्नो चुनावी अभियानमा आन्तरिक कलहलाई मुख्य मुद्दा बनाएका छन् ।

सीएनएनका अनुसार शनिबार युक्रेनका सबैभन्दा शक्तिशाली कुलीन वर्ग र जेलेन्स्कीका एक प्रमुख समर्थक इहोर कोलोमोइस्कीलाई ठगी अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । कीएभको एक अदालतले कोलोमोइस्कीलाई ६० दिनको पूर्व–परीक्षण हिरासतमा राख्न आदेश दिएको छ ।

यसैबीच, अधिकारीहरूले उनीविरुद्ध ठगीको आरोपको अनुसन्धान गरिरहेका छन् । सबैभन्दा शक्तिशाली कुलीन वर्गमध्ये एक, कोलोमोइस्कीको सञ्चार र बैङ्किंग व्यवसायले उनलाई युक्रेनको सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ३ : २३ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी